कैलाली, ५ वैशाख । मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार मरेको कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जना बिरामी भएका थिए ।
बिरामीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरी निरीक्षक विष्टले बताए । वैशाख ३ गते मरेको कुखुराको मासु खाएका दुई दाजुभाइको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
मासु खाएका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी भएका छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















