बुटवल, ४ बैशाख ।
बुटवलका अशोक राई सामाजिक कामकै कारण आफनो पहिचान बनाएका छन । बुटवलमै हुर्केका, बुटवलमै कर्मथलो बनाएका राई युवाहरुमाझ परिचित नाम हो । नियमित रक्तदान गर्दै आएका राई खेलकुदमा पनि आवद्ध छन । युवा समुह, टोल विकास संस्थामा रहदा समाज बुझेका उनि प्रत्येक घरघरमा पुग्थे । टोलको विकासमा सबैलाई समेटेर योजना बनाउने उनको बानी नै सबैलाई प्यारो लाग्थ्यो ।
स्थानिय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा वडासदस्यमा निर्वाचित भएका अशोक राईलाई अझ आफनो काम गर्न सहज भएको बताउछन । ‘अहिले म अझ परिपक्क रुपमा समाजसेवामा अग्रसर भएको छु ।’– उनले भने । उनले बुटवलमा माबिमा अध्ययरत एक विद्यार्थीको सम्पूर्ण खर्च ब्यहोर्ने गरि अभिभावकत्व समेत लिएका छन ।
यसैबिच शुक्रबार उनले वडा भित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला तथा शारीरिक रूपमा अशक्त बालबालिकालाई लक्षित गरि निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेका छन । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको उनी बताउछन ।
आपतकालिन अवस्थामा अस्पतालसम्म पुग्न समस्या भोग्दै आएका नागरिकहरूका लागि यो पहल प्रभावकारी बन्ने उनको दाबी छ । राईले वडाबाट प्राप्त हुने सेवा–सुविधालाई व्यक्तिगत रूपमा उपभोग नगरी बालबालिका तथा विद्यार्थीहरूको हितमा खर्च गर्दै आएका छन ।
भिडियो रिर्पोट




















