बुटवल,४वैशाख । बुटवलमा नियम विपरित रहेका शुक्रबार ४८ जना ईरिक्सा चालक कारबाहीमा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बुटवलका व्यस्त सडकहरु भुड्किचोक, अमरपथ, तीनकुने तथा देवीनगर क्षेत्रमा चेकजाँच गर्ने क्रममा बील–बुक नभएका तथा सवारी चालक अनुमति नभएकाहरु कारबाहीमा परेका हुन् ।
शुक्रबार कारबाहीमा परेका ईरिक्साहरुलाई कानुन अनुसार दण्ड जरिवाना गरिने बताईएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले सवारी दुर्घटना न्यूनिकरण तथा सामाजिक अपराध नियन्त्रणका लागि बुटवलका विभिन्न ठाउँमा गरेको चेकजाँच तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।
यसअघि चर्को आवाजमा हुईकाउने मोटरसाइक र स्वरुप परिवर्तन गरि ग्राहक ठगी गर्ने टिप्पर तथा ट्याक्टरहरुलाई समेत नियन्त्रणमा लिएर कारबनही अभियान सञ्चालन गरेको छ ।




















