Spread the love

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व स्थित ५० शैया क्षमताको नवनिर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेको अस्पतालको आइतबार नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले विषयगत विशेषज्ञ चिकित्सक पु¥याउन सरकार अघि बढ्ने स्पष्ट पारे । प्रदेश सरकारको १४ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण गरिएको हो ।

दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएकोे अस्पतालमा हाल दैनिक करिब १०० जना बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । अस्पतालबाट अन्तरङ्ग सेवा, फार्मेसी सेवा, विशेषज्ञ दन्त रोग उपचार सेवा, फिजियोथेरापी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, सुत्केरी आमा तथा नवजात शिशु स्वास्थ्य सेवा, सुत्केरी बिरामीका लागि कुरुवा घर, आँखा स्वास्थ्य लगायतका सेवा सञ्चालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रुकुम पूर्व लगायत विशिष्ट प्रकृतिका क्षेत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्