Spread the love

बुटवल, २९ चैत ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को गभर्नरमा बुटवलका सन्दिप कसौधन निर्वाचित भएका छन् । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को शनिबार बुटवलमा सम्पन्न चौथो कन्भेन्सनबाट आगामी बर्ष २०२६/०२७ को लागि गर्भनरमा कसौधन सर्वसम्मत निर्वाचित भएका हुन् ।

फस्ट भिडिजीमा मिना पन्थी, सेकेन्ड भिडिजीमा अर्चित श्रेष्ठ निर्वाचित भएका छन । डिष्ट्रिक सचिवमा आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक कोषाध्यक्ष सुरेन्द्र घिमिरे चयन भएका छन ।

कार्यक्रममा नवनिर्वाचित गर्भनर कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गरे । समाज परिवर्तन नभई मुलुक नवदलिने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताए ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डाइरेक्टर इन्डोस राजेन्द्र लम्साल, डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्सको अभियान सफल तुल्याउनका लागि सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आवद्ध पदाधिकारी र समाज सेवामा नागरिकको दायित्वका बारेमा जानकारी दिए ।
कार्यक्रममा लायन्स सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीयद्वय अमृत बिक र श्रद्वा कुवर र लायन्स ईन्टरनेसनल डिष्ट्रिक ३२५ पि का नि बर्तमान गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ, पुर्ब गभर्नर अरुण प्रताप राणा, अर्जुनमान सैजु, नवराज न्यौपाने, सुनिल वझा, अनुप पहाडी, महेन्द्र नारायण श्रेष्ठले शुभकामना दिए ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्