Spread the love

बुटवल, २९ चैत ।
बुद्ध जन्मस्थल लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनमा संघिय सरकारबाट आवश्यक पहल गर्न लुम्बिनीका बासिन्दाहरुले आग्रह गरेका छन । रुपन्देही क्षेत्र नं. ५ (लुम्बिनी) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननीय तौफिक अहमद खानलाई आाईतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन ।

विशेष समारोहमा कार्यबाहक नगरप्रमुख कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नवनिर्वाचित सांसद खानलाई सम्मानसहित बधाई दिँदै सफल कार्यकालको शुभ कामना दिए ।

कार्यक्रमका अवसरमा लुम्बिनीको समग्र विकासका लागि नगरपालिका र संघीय सांसदबीचको भूमिका तथा सहकार्यका विषयमा अर्थपूर्ण अन्तरक्रिया समेत सम्पन्न भएको थियो । अन्तरक्रियामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, उपसचिव हरि प्रसाद ज्ञवाली, विभिन्न शाखा प्रमुख, सांसदको सचिवालयका प्रतिनिधि, युवा तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको पर्यटन प्रवद्र्धन, क्षेत्रीय विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार तथा प्रभावकारी प्रचार–प्रसारमा जोड दिएका थिए । नगरपालिकाले सांसद खानको कार्यकालमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै आवश्यक नीतिगत तथा संस्थागत सहयोगमार्फत लुम्बिनीको समग्र विकासमा नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्