Spread the love

भैरहवा, २६ चैत्र । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबले पहिलोे जित निकालेको छ । बिहीबारको खेलमा प्रोफेसनल मास्टर्स–११ लाई ७६ रनले पराजित गर्दै उसले जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले ४८ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८५ रन बनायो । उसका लागि अप्सन गैरेले ३८, ु्निल पौडेलले २९, गणेश घिमिरेले २६, मनिष क्षेत्रीले २०, निश्चल क्षेत्रीले १९ र किरण भट्टराईले १२ रन बनाए । बलिङमा प्रोफेसनलका करण यादवले ३, सोइब हसन मुसलमान र समिर कंडेलले २–२ तथा मनसन सिंह र निरज मौर्यले १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको प्रोफेसनलले ३३ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न बलिङमा सैनामैनाका किरण भट्टराई र निश्चल क्षेत्रीले ३–३, सुनिल पौडेलले २ तथा अप्सन गैरे र विक्रम गौतमले १–१ विकेट लिए । प्रोफेसनलका समिर कंडेलले २६, विक्की सुनारले १३, सार्थक धिताल र करण यादवले समान १२–१२ तथा अजय रसाइलीले ११ रन बनाए । खेलमा अप्सन गैरे प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्