Spread the love

मणिग्राम २६, चैत्र ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा बिहीबार रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाइको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रम उद्घाटन् गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदान मार्फत् मानव कल्याणको काममा क्याम्पस विगतदेखि नै संलग्न हुँदै आएको बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले पाठ्यक्रमसँगै सामाजिक पाटो पनि क्याम्पसका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान प्रति राममणि क्याम्पस परिवारको लगाव उदाहरणीय रहेको भन्दै युवाहरुको अग्रसरता यसमा सधै जरुरी रहने बताए ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक सहयोगमा भएको रक्तदानमा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ३५ जनाले रक्तदान गरेको एकाईका संयोजक विन्दु आचार्यले बताए । सोही अवसरमा रक्तदाताहरुलाई प्रोत्साहन हुने गरि रक्तदान पश्चात् प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्