बुटवल ।
परीक्षाको नाम सुन्ने बित्तिकै धेरै विद्यार्थीहरुमा एक प्रकारको डर हुन्छ । राम्रो नतिजाको अपेक्षाले विद्यार्थीमा चिन्ता बढछ । विद्यार्थीहरुको यही समस्यालाई सम्बोधन गर्दै परीक्षा सुधार योजनाका साथ आइ क्यान एजुकेशन सर्भिसेजले मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो श्रृखला सार्वजनिक गरेको छ ।
एसईई दिने विद्यार्थी र बैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई लक्षित गरी आइक्यानले तनाव र चिन्ता व्यवस्थापनका ७ वटा भिडियो सिरिजहरु ‘लञ्च’ गरेको हो । जसमा भिडियो बोर्ड परिक्षा सिरिज र अबरोर्ड स्टडी सिरिज रहेका छन ।
विहिबार बुटवलमा सर्भिसेजका संस्थापक विशाल श्रेष्ठले परीक्षामा तनाव व्यवस्थापन, अध्ययनको सहि तयारीका र परीक्षा हलमा हुने पेनिकलाई व्यवस्थापनमा केन्द्रित भिडियो तयार गरेको बताए । आफुले सानो छदा ब्यहोरेको घटना सुनाउदै उनले यो भिडियो बनाउन शुरु गरेको बताए । विदेश जाने विद्यार्थीहरुलाई मानसिक समायोजन, एक्लोपन, शैक्षिक दबाब र आर्थिक तनाव र विदेशका विश्वविद्यालयहरुमा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरु केन्द्रित रहेका श्रेष्ठले बताए । भिडियोहरु आइक्यान एजुकेशन सर्भिसेजको फेसबुक, इन्टाग्राम र टिकटकमार्फत हेर्न सकिन्छ ।
उनको यो अभियानमा साइकोलोजिस्ट ओसिन श्रेष्ठले साथ दिएकी छिन । युवाहरुमा बढ्दो मानसिक दबाब र चिन्तालाई ध्यानमा राख्दै भिडियो निर्माण गरिएको उनले बताइन । यस्ता विषयहरु खुलेर चर्चा नगरिने तर धेरै विद्यार्थीहरु एक्लै संघर्ष गरिरहेका हुदा यसलाई सामाजिक संजालमार्फत ल्याउन पहल गरेको उनले बताईन । छोटोसमयमा नै यसको राम्रो प्रभाव परेको उनको दाबी छ । सन् २०१३ मा स्थापना भएको आइक्यानले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको करियर काउन्सिल समेत गर्दै आएको छ । अष्ट्रेलिया युके लगायतका देशमा विद्यार्थीहरुलाई परामर्शका साथै आवश्यक सहयोग गर्ने काम आइक्यानले काम गर्दै आएको छ ।





















