काठमाडौ,२६ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट बिहिबार रिहा भएका हुन् ।
लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर हाजिर जमानतमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।
चैत १४ गतेदेखि लेखकलाई गणमा राखिएको र अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा हिरासत मुक्त गरिएको प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























