Spread the love

बुटवल ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जुवा खेलिरहेको अवस्थामा क्यासिनोबाट ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सिएमजी क्लब क्यासिनोमा चेकजाँच गर्ने क्रममा जुवा खेलिरहेको अवस्थामा नेपाली नागरिकसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

उक्त स्थानमा विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले राति करिब १० बजे छापा मारेको थियो । पक्राउ परेकामध्ये सर्लाहीका मुकेश कुमार श्रेष्ठ अजय केसी र रुपन्देहीका गोबिन्द शर्मा, बासुदेव शर्मा, कृष्ण गौतम र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट नेपाली नगदः रु. २,२७,३९०, भारतीय नगदः रु. ३,५००, क्यासिनो क्वाइन १,२५,०००, मोबाइल सेटः ६ थान, तासः ७ गड्डी ठूलो परिमाणमा नगद तथा जुवा खेल्न प्रयोग हुने सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्