Spread the love

भैरहवा ।
रुपन्देहीमा प्रहरीको सक्रियता बढेको छ । विशेष गरि खुला सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रणमा प्रहरीको सक्रिय लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगुवाईमा दैनिक लाखौ रुपैया बराबरका अवैध सामान बरामद भैरहेको छ ।

बुधबार जिल्लाका विभिन्न स्थानमा संचालन गरेको चेकजाच अभियानबाट करिब साढे सात लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।जिल्लाका विभिन्न नाकाहरूमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिइएको उनले बताए ।

बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानमध्ये कोटहीमाई गाउँपालिकाबाट डिजे प्लस स्पिकर, डिजे लाईट र लसेर रे स्टिम मायादेवी गाउँपालिकाबाट विभिन्न नम्बरका मोटरसाइकलसहित करिब ५ सय केजी केराका साथै अन्य सामग्री, सिद्धार्थनगर नगरपालिकाबाट साडी तथा कुर्था सुरुवाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट जिन्स ट्राउजर, तथा अन्य स्थानबाट ठूलो परिमाणमा केरा लगायतका सामान रहेका छन् । प्रहरीले अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ ।

बैक अनादर मुद्यामा फरार प्रतिवादीहरु समेत प्रहरीले पक्रन सफल भएको छ । चेक अनादरमा रुपन्देही जिल्ला गैडहवाका रामप्रसाद धोबी, पदम बहादुर मगर, तिलोत्तमाका ओम प्रकाश बिक, लुम्बिनी सास्कृतिक नगरपालिकाका कमसुध अहमद धुनिया तथा बैकिङ कसुरमा लुम्बिनी सास्कृतिक नगरपालिकाका कमलेश कुमार पासी पक्राउ परेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्