Spread the love

बुटवल ।
होटल पौवाले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा देशभरका शाखाहरूमा ‘स्वाद उत्सव’ सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ सेवा दिँदै आएको होटलमा चैत २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त उत्सव अन्तर्गत सबै शाखाहरूमा नेपाली रैथाने परिकार तथा विशेष आतिथ्यसहित ग्राहकहरूलाई फरक अनुभव प्रदान गर्ने छ ।

विहिबार बुटवल शाखामा आयोजित उद्घाटन समारोहमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल र होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले संयुक्त रूपमा शुभारम्भ गरेका छन ।

कार्यक्रममा अध्यक्ष खनालले होटल पौवा नेपाली स्वाद, संस्कृति र आतिथ्य परम्पराको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सफल रहेको बताए । अन्य होटल व्यवसायीहरूलाई पनि नेपालीपनमा जोड दिने होटल पौवाबाट प्रेरणा मिलेको उनले बताए । होटल पौवाले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

साथै, नेपाली नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ अधिकांश शाखाहरूमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा ‘शुभकामना साँझ २०८३’ आयोजना गर्ने तयारी गरिएको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्