Spread the love

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नेन्स प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पु¥याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणालीमा प्रवेश गरी विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै डकुमेन्ट परिवर्तन गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो । सोही आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नहरूले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेका छन्। साथै, मुद्दालाई थप अनुसन्धानका लागि संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अघि बढाइएको छ ।

पक्राउ पर्नेहरूमा धनकुटाको पाख्रिवास नगरपालिका–५ का ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका–३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर गाउँपालिका–१ का ३९ वर्षीय संजय भट्ट, काठमाडौं महानगरपालिका–३३ का ३५ वर्षीय भाष्करराज अर्याल, मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ का ४० वर्षीय सागर कटुवाल तथा सुनसरी दुहवी नगरपालिका–५ का ६२ वर्षीय जीवनकुमार दास रहेका छन्। उनीहरूलाई काठमाडौं, भक्तपुर, गुल्मी लगायत विभिन्न स्थानबाट फरक–फरक मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्