बुटवल ।
होटल पौवा बुटवल शाखाले १० औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरि मनाएको छ । योथीकुटीस्थित होटल परिसर सरसफाइ तथा सचेतनामुलक प्लेकार्ड रयाली गरि स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसका अवसरमा योगीकुटीस्थित होटलबाट शान्तिचोक हुदै नरुमल्ल पथसम्म सरसफाइ कार्यक्रम तथा सचेतनामुलक ¥याली निकालिएको थियो । यसैगरि मानवसेवा आश्रम, तिलोत्तमामा आश्रय लिइरहेका आश्रितहरूलाई भोजन समेत गराइएको होटलका म्यानेजिङ डाइरेक्टर विष्णु ज्ञवालीले जानकारी दिए । उनका अनुसार संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिक, शारीरिक तथा मानसिक रूपमा कमजोर आश्रितहरूलाई खाना वितरण गरिएको हो ।
ज्ञवालीले आश्रयविहीन व्यक्तिहरूको संरक्षणमा योगदान दिँदै आएको मानवसेवा आश्रमको अभियानमा सहभागी हुन पाउनु होटल पौवाका लागि गौरवको विषय भएको बताए ।
होटलका शाखा प्रमुख प्रकाश पाठकका अनुसार पौवाले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय तथा स्वस्थकर खाना प्रदान गर्दै आएको छ र सोही प्रतिबद्धताअनुसार स्थापना दिवसका अवसरमा आश्रमका आश्रितहरूलाई पनि स्वस्थ र स्वादिष्ट भोजन प्रदान गरिएको हो । आश्रममा रहेका करिब ८० जना आश्रित तथा सेवामा खटिएका स्वयंसेवकहरूलाई बिहानको खाना वितरण गरिएको थियो ।



















