बुटवल, २५ चैत ।
पहिलो संस्करणको राष्ट्रिय महिला फुटवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बीस पचहत्तर युवा परिवारले बैशाखमा दोस्रो सस्करण आयोजनाको तयारी थालेको छ । क्लबका सचिव दिपक गुरुङका अनुसार दोस्रो संस्करणलाई अझ भव्य बनाउने गरि तयारीमा क्लब लागेको छ । एन्फासंग स्वीकृति लिने र टिम सहभागीताका लागि पत्राचार गर्ने काम थालिएको उनले बताए । आगामी बैशाख २६ गतेदेखि जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता र उपविजेता तथा विभागिय सहित ८ टिमको सहभागीता हुने क्लबका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गर्ने योजना बनाएको क्लबले जनाएको छ । क्लबका अनुसार यस पटक प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार पुरस्कार योजना छ ।
गतवर्ष चैत्र २३ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारत सहित ८ टिमको सहभागीता रहेको थियो ।
बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बुटवल –७ सिथत सिद्धेश्वरी खेल मैदानमा हुने प्रतियोगतामा यस वर्ष पनि दर्शकलाई सहजताका लागि करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट व्यवस्था गरिने सचिव गुरुङले बताए ।
प्रथम संस्करणको विजेता ट्रिनेटी युवा क्लब वालिङ भएको थियो । प्रतियोगिता अन्तरगत फाइनलमा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलबस्तुलाई १–० गोल अन्तरले हराउदै उपाधि जितेको हो । फाइनल खेलको प्लेयर अफ म्याच ट्रिनेटी क्वलकि स्कोरर यशोदा शाही भएकि थिइन भने प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकी सिमरन राई उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब, कपिलबस्तुकी सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकी पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकी धना बोहोरा र उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भएका थिए ।
प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो ।



















