Spread the love

बुटवल ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औँ वार्षिक साधारण सभा तथा १४ औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई मंगलबार एक समारोहबीच पद हस्तान्तरण गरिएको छ । निवर्तमान अध्यक्ष टीकाराम गौतम नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष यामबहादुर जिसी नेतृत्वको नयाँ टोलीलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको हो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जिसीले व्यवसायीबीच एकता कायम गर्दै व्यवसायीहरूको हकहित र संस्थाको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले नयाँ नेतृत्वलाई सफल बनाउन सबै व्यवसायीको साथ, सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गरे ।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराए । शपथ ग्रहणसँगै निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
सो अवसरमा संयोजक पाण्डेले लोकतान्त्रिक पद्धतिबाट आएको नयाँ नेतृत्वलाई संस्थाभित्र रहेका चुनौतीहरू आत्मसात गर्दै नमुना संस्थाका रूपमा विकास गर्न आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष पदका प्रत्याशी प्रतापबहादुर कार्की र पंकज राईले नयाँ नेतृत्वलाई शुभकामना दिँदै समितिलाई व्यवसायीको पक्षमा अझ सक्रिय र चलायमान बनाउने विश्वास व्यक्त गरे ।

निवर्तमान महासचिव खिमबहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट हस्तान्तरण गरे भने निवर्तमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललाई चेकबुक हस्तान्तरण गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्