Spread the love

बुटवल, २५ चैत ।

एसपीजी अटोमोबाईल्स प्रालिले नेपालमा बिक्री गर्दै आएका ओमोडा ज्याको र आईकारका विद्युतीय सवारी इर्एभी मोडेलहरूमा ११ वर्षे विस्तारित वारेन्टी योजना घोषणा गरेको छ । कम्पनीका अनुसार ब्याट्री र मोटर कम्पोनेन्टमा लागू हुने यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रममध्ये एक हो ।

यसअघि कम्पनीले ब्याट्रीमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी प्रदान गर्दै आएको थियो । नयाँ विस्तारित वारेन्टीअन्तर्गत अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर तथा ड्राइभ मोटर एसेम्बलीमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले पुग्छ) सम्म कभरेज उपलब्ध हुनेछ ।

यो सुविधा ओमोडा ई फाईभ, जेको जे फाईभ, जेको जे सिक्सटी र आइकार भि टवान्टीथ्री मोडेलहरूमा लागू हुने कम्पनीले जनाएको छ । यसबाट ग्राहकको आत्मविश्वास बढ्ने र ईभी स्वामित्व अझ सुरक्षित तथा भरपर्दो बन्ने अपेक्षा गरिएको छ । विस्तारित वारेन्टीअन्तर्गत ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा आउने प्राविधिक समस्यामा पूर्ण कभरेज प्रदान गरिनेछ । कम्पनीका निर्देशक गौरब शारदाले उन्नत ईभी प्रविधिप्रति कम्पनीको विश्वास र ग्राहकप्रतिको प्रतिबद्धता झल्काउने उद्देश्यले यस्तो योजना ल्याइएको बताए । उनले विद्युतीय सवारीप्रति बढ्दो आकर्षणका बीच यस पहलबाट दीर्घकालीन विश्वास र ग्राहकप्रतिको विश्वास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हाल देशभर १८ भन्दा बढी बिक्री केन्द्र र १५ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको कम्पनीले चार्जिङ पूर्वाधार विस्तारलाई पनि तीव्र बनाएको जनाएको छ । अद्यावधिक वारेन्टीबारे थप जानकारीका लागि नजिकैको शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिने ओमोडा जेकोका बुटवल भैरहवाका प्रबन्धक राजिव खनालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्