Spread the love

बुटवल, १९ चैत ।
नेपाली नयाँ वर्ष २०८३ संगै ईन्टरनेट सेवा प्रदायक सजिलो नेट प्रा. लि.ले आफना ग्राहक लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले आफूलाई नेपालकै सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकमध्ये एकका रूपमा प्रस्तुत गर्दै नयाँ योजना ल्याएको जनाएको हो ।

कम्पनीका अनुसार नयाँ वर्ष अफर अन्तर्गत ग्राहकहरूले अधिकतम तीन महिनासम्म अतिरिक्त इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै, नयाँ जडान गर्ने ग्राहकका लागि निःशुल्क जडान र निःशुल्क फाइबर तार सुविधा समेत उपलब्ध गराइएको छ । सजिलो नेटले सस्तो मूल्यमा मात्र होइन, स्थिर र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । घरायसी तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले विभिन्न किफायती तथा उच्च गतिको इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको छ ।

बढ्दो डिजिटल प्रयोग र अनलाइन निर्भरता बढ्दै गएको सन्दर्भमा यस्तो अफरले ग्राहकलाई थप सहजता र आर्थिक राहत दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्