Spread the love

काठमाडौं, १९ चैत ।
सर्वसाधारणबाट लगातार गुनासो आएपछि गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अनुगमन गरेका छन । विहिबार साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेर गृहमन्त्री गुरुङले स्थलगत निरीक्षण गरेका हुन ।

विमानस्थलमा यात्रुहरूले पटक–पटक सास्ती भोग्नुपरेको गुनासो आएपछि त्यसको वास्तविक अवस्था बुझ्न गृहमन्त्री स्वयं अनुगमनमा निस्किएको बताइएको छ । निरीक्षणका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको दुःख नपर्ने गरी सेवा प्रवाह गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन ।

विशेषगरी विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता गुनासो दोहोरिन नदिन सचेत गराएका छन । साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोजनका सामानमा अनावश्यक जाँच नगर्न र यात्रुलाई झन्झट नदिन पनि निर्देशन दिएका छन ।

गृहमन्त्री गुरुङको यो कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ । यात्रुहरूको सहजता र सेवामा पारदर्शिता कायम गर्न सरकारको ध्यान केन्द्रित भएको संकेत यसबाट मिलेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्