Spread the love

काठमाडौं,१८चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण अब सम्बन्धित परीक्षा केन्द्रबाटै गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले छिटो नतिजा सार्वजनिक गर्ने उद्देश्यले यो व्यवस्था लागू गर्न लागेको हो ।

बोर्डका अनुसार एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएकाले परीक्षा जहाँ सञ्चालन भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गरिनेछ ।

एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार कुनै परीक्षा केन्द्रमा आवश्यक शिक्षकको अभाव भएमा वा परीक्षण असुरक्षित हुने अवस्था देखिएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरी अन्य उपयुक्त स्थानबाट परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।

यसअघिका वर्षहरूमा गोप्य रूपमा परीक्षण केन्द्र तोकी एक प्रदेशका उत्तरपुस्तिका अर्को प्रदेशमा परीक्षण गर्ने गरिएको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्