काठमाडा,१४ चैत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले देशव्यापी बिरोधाका बिभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिने निर्णय गरेको छ ।
चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको पार्टी सचिव महेश बस्नेत बताए ।
एमालेले आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने जनाएको छ। साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य राजनीतिक दलहरूसँग पनि संवाद र सहकार्य अघि बढाउने निर्णय गरिएको छ।




















