Spread the love

नवलपरासी, १४ चैत । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र लु २ ख २३५१ नम्बरको बसले सोही दिशातर्फ अघि बढिरहेको ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको थिए ।

दुर्घटनामा परी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढाको मृत्यु भएको पुष्टि भएको छ। अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते १५ जनाको लुम्बिनी सिटी अस्पताल र स्थानीय चिसापानी अस्पताल मा उपचार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्