Spread the love

काठमाडौं । पश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने अझै कायम छ ।

हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। यस क्रममा हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा र हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । मौसममा क्रमिक सुधार हुने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्