काठमाडौं, १३ चैत ।नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन्। त्यस्तै, सुनील लम्साल भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री र विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएका छन्।
यसैगरी खड्कराज पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री, तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन्।
सञ्चारमन्त्रीमा विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, श्रममन्त्रीमा दीपक साह, कानुनमन्त्रीमा सोविता गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी नियुक्त भएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा तथा उद्योग मन्त्रालय आफैंसँग राखेका छन्।





















