काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति रहेको थियो।
यसैगरी समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको पनि सहभागिता थियो।
समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















