Spread the love

बुटवल, १३ चैत ।

अटो सम्बन्धी सामग्रीको सहज उपलब्ध हुने गरि सिद्घार्थ अटो ट्रेडर्स प्रालिले आफनो सेवा शुभारम्भ गरेको छ ।मैनाबगरस्थित बुटवल अटो ईन्जिनियरिङ एशोसियसनमा शुक्रबार एक समारोहका बिच बुटवल अटो ईन्जिनियर्स एशोसियसनका अध्यक्ष प्रेम गौचन, एसटिसी ग्रुपका डाईरेक्टर राजेन्द्र उप्रेती, सिद्धार्थ मोटरसाइकल पार्टस संचालक गणेश भट्टराईले विधिवत पुजा सहित शुभारम्भ गरेका हुन ।

मैनाबगरस्थित अटो भिलेजमा दुई र चार पाग्रे सवारी साधनमा प्रयोग हुने उच्च गुणस्तरीय मोबिन, गियर आयलका साथै टायर र ब्याट्री सुपथ मुल्यमा उपलब्ध हुने प्रालिका संचालक सीता भट्टराईले बताईन । यसअघि प्रालिकै सिद्धार्थ मोटरसाइकल पार्टस र सिद्घार्थ अटो मोबाईल समेत संचालनमा रहेको छ ।

कार्यक्रममा बुटवल अटो ईन्जिनियर्स एशोसियसनका अध्यक्ष प्रेम गौचनले अटो भिलेजमा समयसापेक्ष पसल खुलेको बताए । हाल ७ सय अटो ब्यवसायीहरु रहेको भिलेजमा ठाउ अभावका कारण समस्या भएको दुखेसो गरे ।

कार्यक्रममा एसटिसी ग्रुपका डाईरेक्टर राजेन्द्र उप्रेतिले स्वदेशमा नै उत्पादन भएको ब्याट्री नेपाली बजारमा राम्रो खपत रहेको बताए । यसका साथै दुई पाग्रे सवारीका मिरर र साईट लाईटहरु समेत कम्पनीबाट उत्पादन हुदै आएको उनले बताए । लुब्रिकान्ट र सिट ब्राण्डका टायर समेत बजारमा कम्पनीबाट बिक्री हुदै आएको उनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्