बुटवल, १२ चैत ।
विश्व बजारमा भित्रिएका नया प्रविधिको प्रदर्शन गर्ने गरि बुटवलमा दुई दिने क्यान बिटुसि समिट २०२६ हुने भएको छ । कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि मिलनचोकस्थित सिद्धार्थ कटेजमा क्यान बिटुसि समिट २०२६ हुने भएको हो ।
विहिबार पत्रकार सम्मेलन गरि कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) रुपन्देहीका अध्यक्ष जिवन अधिकारीले समिटको सम्पूर्ण तयारी पुरा भएको बताए । विश्व बजारमा भित्रिरहेको नया प्रविधिबारे एउटै थलोमा जानकारी लिने र बुझन सकिने उनले बताए । पछिल्लोसमयको नया र एआई बिल्टका हार्डवेयर र सफटवेयर उत्पादनहरुलाई बुझाउने र प्रदर्शन गरिने उनले बताए । उत्पादन र आपूर्तिकर्ताहरुसंग उपभोक्ताको प्रत्यक्ष भेटघाट हुने माध्यमका रुपमा यो समिट रहेको उनले बताए । यहा लुम्बिनी प्रदेशका ब्यवसायीहरु विजनेशका लागि एउटा अवसर सृजना हुने हुदा पनि धेरै महत्वपूर्ण हुने उनले बताए ।
डिम्यास ईलिष्टा रयापो, क्लाउड लिक प्रालि, एचएमसी डाउहा र हिक्सि, हन्टकी पिएन वाई, सनसाईट टेन्डी, सिफट टेक्नोलोजी प्लस प्रो, डिजिटल सप्लायर्स सार्प, सागर एक्स ल्याब, भट्रेक्स पेन्टमसहित लोकल उत्पादन केयर सिस्टम वर्क, टिपि लिक, युसप, सास्वात, डाईनामिक, सिएसआईटी, मारिया एजुकेसन लगायतका उत्पादकहरुले आफना उत्पादन उपभोक्तालाई डेमोट्सन र ईन्टरनेट पार्टनर ब्रोडलिक रहेको छ ।
२१ वटा स्टल रहने दुई दिनसम्म चल्ने समिटमा पाच हजार उपभोक्ताहरु लाभान्वित हुने आकलन रहेको सचिव सुरेश भट्टराईले बताए । समिटमा एआई बिल्ट भएका नया उत्पादनहरु उपभोक्तालाई हेर्न र बुझन पाउछन भने बुकिङमा छुट समेत पाउने छन । दोस्रो दिन अन्तरक्रिया कार्यक्रम समेत हुने उनले बताए ।
कार्यक्रममा क्यानका केन्द्रिय सचिव नारायण श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद खनाल, पूर्व अध्यक्ष रामुदेव गौतमको सहभागिता रहेको थियो ।
भिडियो रिर्पोट






















