बुटवल, १३ चैत ।
मुम्बई क्रिकेट क्लब (एमसिसि) को आयोजनामा गोरखपुरमा एक हप्ते हाई परफमेन्स क्याम्पमा संचालन भएको छ । गोरखपुरस्थित प्रकाश ग्राउण्डमा भएको प्रशिक्षणमा श्रीलंकाका चर्चित पूर्व क्रिकेटर चामिन्दा भास, भारतिय पूर्व खेलाडी वासिम जफर, पूर्व खेलाडी बिनायक सावन्त तथा एमसिसिका संस्थापक ज्याला सिह लगायतले प्रशिक्षण दिएका छन ।
उनिहरुले युवा खेलाडीमा रहेको क्षमता पहिचान गरि क्रिकेटको ब्याटिङ, बलिङ र फिल्डिङका स्क्रिल सुधार हुने गरि सिकाएका थिए । क्याक्पमा सहभागी नेपाली खेलाडीहरुले अनुभवी खेलाडीहरुबाट धेरै सिक्न पाएको बताए ।
युवा खेलाडीहरुमा लुकेका प्रतिभा प्रस्फुटनसंगै चर्चित क्रिकेटरहरुबाट क्रिकेटका ज्ञान दिने गरि एक हप्ताको प्रशिक्षण चलाईएको एमसिसिका संस्थापक ज्याला सिहले बताए ।
क्याम्पमा भारतका विभिन्न प्रदेशसहित नेपालका समेत खेलाडीहरु सहभागी भएका थिए । गोरखपुरमा विगतमा समेत सम्मर क्याम्पका रुपमा क्रिकेट सिकाउने गरि स्थानिय डा बिनय शक्सेनाले प्रचलन चलाएका थिए । जहा खेलाडीहरुलाई बेसिक तालिम दिईन्थ्यो । उनै डा बिनय शक्सेनाले संचालन गर्ने सम्मर क्रिकेट क्याम्पबाट ज्वाला सिह र शक्ति गौचन जस्ता क्रिकेटर उत्पादन भएको हो । डा शक्सेनाले आफनो सानो योगदानबाट अन्तराष्ट्रियस्तरमा नै खेलाडी उत्पादन पाउदा गर्व महसुस भएको बताए ।




















