Spread the love


काठमाडौं, २१ चैत । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा सांसदहरूलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सांसदहरूले आ–आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित भई शपथ लिएका थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्