काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार शाहले शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ लिने समय तय गरिएको छ ।
शपथ ग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तालिका रहेको छ ।
त्यसैगरी, शाहले दिउँसो सवा २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । बिहीबार संसद् भवन सिंहदरबार मा नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम राखिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1























