Spread the love

काठमाण्डौ, १० चैत ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको छ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसअघि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा थियो । डलरको भाउ उच्च विन्दुमा पुग्दा नेपाली अर्थतन्त्रमा यसको बहुआयामिक प्रभाव पर्ने देखिन्छ । डलरको भाउ बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ तर वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा घाटा हुन्छ ।

यस्तै, आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्