Spread the love

 

बुटवल, १० चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनामा बुटवलका २१ वर्षीय उमेश गुप्ताको ज्यान गएको हो ।

मंगलबार बिहान भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले ०३–०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिदा गुप्ताको ज्यान गएको हो ।उनलाई उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्रक चालक सप्तरीको सुरुङ्गा–१ निवासी २९ वर्षीय मुकेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्