Spread the love

काठमाडौं, ९ चैत । साफ यू–२० पुरुष च्याम्पियनसिप अन्तर्गत आज उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ।

आजै दोस्रो खेलमा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। प्रतियोगितामा कुल ७ देश सहभागी छन्।

समूह ‘ए’ मा नेपाल, आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान रहेका छन्।

 खेलहरू माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा सञ्चालन हुनेछन्। प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्