Spread the love

काठमाडौं,९चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा हुँदैछ । न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमान को इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन मिल्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर गरिएको हो।

उक्त निर्णय बदरको माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा रिट दिएका हुन्। यसअघि चार दिनसम्म सुनुवाइ भइसकेको यस मुद्दामा अदालतले महान्यायाधिवक्ताको माघ २ गतेको निर्णय झिकाउन आदेश दिँदै आजका लागि पुनः पेशी तोकेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्