काठमाडौं,९ चैत । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनको मूल्यमा उतारचढाव भइरहेको छ ।



















