Spread the love

भैरहवा, ७ चैत्र ।

क्रिकेट खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ शनिबारदेखी भैरहवामा ‘प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । उद्घाटन खेल न्यू होराईजन र तिरुपति क्रिकेट क्लबका बिचमा हुनेछ । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पृथ्वीनारायण शाह स्पोर्टसका संयोजक निरजप्रताप खाँणले बताए । यसैगरि उपविजेताले नगद २५ हजारसहित मेडल, म्यान अफ द सिरिजले ट्रफी र १० हजार, बेष्ट बलर र ब्याटरले ट्रफी र जनही ५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ खर्च लाग्ने खाँणले बताए ।

चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लब, लुम्बिनी शाक्यन क्रिकेट क्लब, रेस्पोन्स टीम लुम्बिनी, नेपथ्य तिलोत्तमा एकेडेमी, बुटवल–११ क्रिकेट क्लब, बुटवल गोलपार्क क्रिकेट क्लब, स्टार क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट क्लब, जे.आर. क्रिकेट एकेडेमी, पाल्पा–११, मास्टर्स–११, बुद्ध क्रिकेट ६ स्पोर्टिङ क्लब, तिरुपति क्रिकेट क्लब, बुटवल युथका साथै भारतका एमएसएमटी सी.ए. नौतनवा र जेएन स्पोर्टस गोरखपुर टीम बिच प्रतिस्प्रर्धा हुने छ ।

भिडियो रिर्पोट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्