बुटवल, ७ चैत ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्डमा निरन्तर वर्षाका कारण सडक चिप्लो भई दुबै तर्फका सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएका छन् । यता पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खसेपछि उक्त सडकखण्ड पनि दुबै तर्फबाट अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दाउन्ने सडक खण्डमा सवारी आवागमन प्रभावित भएपछि वैकल्पिक रुपमा पाल्पा रुट हुँदै डाइभर्सन गरिएको थियो । सडक अवरुद्ध भएसंगै सयौं सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुपरेमा सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
साथै वर्षा पूर्ण रुपमा बन्द भएपछि मात्र यात्रा गर्न समेत आग्रह गरिएको छ । जसका लागि निम्न नम्बरहरु रहेका छन । (ने.प्र.रा.सु.तथा ट्रा.व्य.का.बुटवल १०३, ९८५७०९०३७५, ९८५७०९००४४, जि.ट्रा.प्र.का. पाल्पा ९८५७०९१५००, जि.ट्रा.प्र.का. नवलपरासी पश्चिम ९८५७०४६२८२)






















