Spread the love

पाल्पा, २६ फागुन ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–१ का कृषकहरू आफनो नियमित बालीसंगै अम्रिसो खेती गर्दै आएका छन । खेतबारीका बाँझो जग्गा र कान्लामा अम्रिसो रोपेर स्थानीयले राम्रो आम्दानी गर्दै आएका छन ।

जिल्ला भू–संरक्षण कार्यालय पाल्पाको सहयोगमा स्थानीय कृषकहरूले कुनै बेला अम्रिसो खेती गरेको स्मरण अगुवा ओम बहादुर घर्तिमगरले गरे । ‘ बिसं.२०५४ सालमा गाबिसको अध्यक्ष हुदा जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा अम्रिसो खेती शुरु गरेका थियौ ।’–उनले भने । अम्रिसो खेतीबाट वातावरण सन्तुलन कायम राख्न मद्दत गर्ने, गाईबस्तुका लागि घाँस उपलब्ध गराउने, दाउरा तथा घर सरसफाइका लागि प्रयोग हुने उनको तर्क छ ।

अम्लिसो बहुउपयोगी खेतीका रूपमा परिचित छ । तिनाउ गापा, ओखलढुगा क्षेत्रमा मात्रै १३२ घरघुरी रहेका छन । जहा १ करोड रुपैया बढीको कुचो निकासी हुदै आएको उनी बताउछन । उत्पादन अनुसार बजार ब्यवस्थापनमा समस्या रहेको उनले बताए ।

स्थानिय ज्ञानोदय माबिका शिक्षक कुल बहादुर गाहाले जेठ, असारमा अम्रिसो लगाईने बताए । आफनो घरधन्दा बाहेक पनि समान्य मेहनतबाट राम्रो आयआर्जन हुने हुदा गाउघरमा यो पेशा अप्नाईदै आएको उनको तर्क छ । अम्रिसो तयार भएपछि त्यसलाई काटेर सुकाइन्छ । परम्परागत तरिकाले बाँधेर कुचो बनाइन्छ । गाउँमै तयार गरिएका यी कुचोहरू स्थानीय बजारमात्र नभई विदेशमा समेत जाने गर्दछ ।

खेर गएको ढिक–कान्लाको जमिन सदुपयोग हुने र अम्लिसो खेतीबाट वर्षेनी राम्रो आम्दानीकै कारण किसानहरु यसमा निरन्तर लगाव छ । एकपटक लगाईने अम्रिसोले १५ देखी २० वर्षसम्म उत्पादन दिन्छ । ‘बहुबर्षिय बालीका रुपमा यसलाई लिईन्छ ।’– स्थानिय अगुवा युवा ओम बहादुरी सुनारी मगरले भने । यो वर्ष डिजिएमसंग समन्वयमा ब्यवसायीक उत्पादन र बजारीकरण सम्बन्धी तालिम लिने तयारीमा रहेको उनले बताए । वार्षिक यस क्षेत्रबाट मात्रै करिब २५ हजार कुचो उत्पादन गरी बजारमा बिक्री हुने गरेको छ ।

परम्परागत खेतीबाट मात्रै जीवन धान्न कठिन भएकाले अम्लिसो खेतीले स्थानीयको जीवनस्तर उकास्न सहयोग पुगेको स्थानीय बताउँछन् । गाउमा अम्रिसो, दालचिनि, बासबाट विभिन्न सामग्रीहरु तयार गरि आयआर्जनमा जोडिएका छन । सामुदायिक वन क्षेत्रमा समेत लगाईएको छ । बजारमा एउटा कुचोको मूल्य करिब ७० रुपैयाँ पर्छ । सामान्य देखिने यो व्यवसायले स्थानीयका लागि राम्रो आयआर्जनको माध्यम बनेको छ ।

भिडियो सामग्री

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्