Spread the love

बुटवल,१० फागुन । मगर दिवसको अवसरमा बुटवलमा ‘कानुङ साँझ’हुने भएको छ। फागुन १५ गते हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक उदिप पौडेलले जानकारी दिए ।

आइतबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले दिउँसो १ बजेदेखि साँझको ९ बजेसम्म हुने साँगेतिक कार्यक्रममा ६ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । कानुङ साँझ अर्थात ‘हाम्रो साँझ’ नाम दिइएको यस साँस्कृतिक कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङसहित विभिन्न सागितिक व्याण्डहरुको प्रस्तुती रहने भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्राङ्गणमा हुने साँस्कृतिक कार्यक्रममा ६ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त सांगेतिक कार्यक्रममा जोन एण्ड लोकल्स, चक्र व्याण्ड लगायतको प्रस्तुती रहनेछ । आयोजक संस्थाका सञ्चालक सहिल खनालका अनुसार हालसम्म ४ हजार बढी टिकट सोल्डआउट भइसकेको छ भने ई–सेवामार्फत दर्शकले टिकट लिन सक्नेछन् । यसैगरी कार्यक्रमको दिन फिजिकल रुपमा समेत टिकट लिन सकिनेछ विभिन्न क्याटोगोरीमा ५ सयदेखि १ हजार ५ सयसम्म टिकट दर रहेको उनले जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्