Spread the love

काठमाडौं,११ फागुन । धादिङमा भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीयहरुले उद्वार गरिरहेका छन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्