Spread the love

बुटवल, ३ फागुन ।
सामाजिक कार्यमा अग्रसरता जनाउने गरि युवाहरुबाट गठन भएको बुटवल गार्जियन ०७९ क्लबले शिवरात्रीको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । ‘समाज परिवर्तनका लागि युवाहरूको हातेमालो’ भन्ने मूल नारा बोकेको संस्थाले पाल्पाको पर्यटकिय नुवाकोटस्थित भ्यू टावर क्षेत्रमा सरसफाई अभियान चलाएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहने प्राकृतिक सौन्दर्यले भरिपूर्ण नुवाकोट क्षेत्रमा पछिल्लोसमय फोहोर थुप्रिएका जानकारी सामाजिक संजालमा आएपछि सफाई अभियान थालेको क्लबका संस्थापक रुबिन गुरुङले बताए । पर्यटकिय क्षेत्रमा आउने पर्यटकहरुबाट नै फोहोर गर्ने हुदा यसलाई रोक्ने गरि संरक्षणको कामलाई अघि बढाउन जरुरी रहेको उनले बताए । संकलन भएको फोहोरमा सबैभन्दा धेरै प्लाष्टिकजन्य पदार्थ र मादक पदार्थका बोटलहरु रहेका छन ।

क्लबका संस्थापक अध्यक्ष प्रवीण मल्ल ठकुरी सहित १३ जना युवाहरूको प्रत्यक्ष सहभागितामा रहेको थियो । बुटवल तथा आसपासका पर्यटकीय क्षेत्रहरूको नियमित सरसफाइ, दीर्घकालीन सकारात्मक परिणाम दिने सामाजिक गतिविधिहरूमा युवाहरूको सक्रिय सहभागिता, स्वास्थ्य शिविर सञ्चालन, सामाजिक सचेतना अभिवृद्धि, युवा स्वरोजगार प्रवद्र्धन, तथा डिजिटल, वित्तीय र रोजगारीमुखी तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष मल्लले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्