Spread the love

बुटवल, ३ फागुन ।
रुपन्देहीमा जारी सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगितामा न्यू होराईजन एकेडेमी विजयी भएको छ । आईतबार भएको न्यू होराईजनले आफनो दोस्रो खेलमा पाहुना टोली पोखरा क्रिकेट एकेडेमीलाई ९ बिकेटले पराजित गरेको हो । न्यू होराईजनले खेलेको दुई वटै खेलमा जित निकाल्न सफल भयो ।

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर न्यू होराईजनले ब्याटिङ्गको निम्तो दिएपछि पोखराले २१ ओभरमा केवल ६४ रनको लक्ष्य खडा गरेको थियो । पोखराका अंकित गौडेलले २२ बलमा १२ तथा घनश्याम यादवले २३ बलमा २१ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । न्यू होराईजनका सुरज खड्काले ४ तथा प्रिन्स पालले ३ बिकेट लिए । सामान्य लक्ष्य पछ्याएको होराईजन १ बिकेटको नोक्सानीमा केवल १३ ओभरमा जित निकाल्यो । न्यू होराईजनका असिमले नटआउट ३३ तथा मनिष तिवारीले १३ रन जोडे ।

खेलमा न्यू होराईजनका सुरज खड्का प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा यो पटक १९ वर्ष मुनिका खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो ।

सोमबार एक्सलेन्स सेन्टर काठमाण्डौ र रुपन्देही क्रिकेट एकेडेमीको बिचमा खेल हुनेछ । प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट एकेडेमी, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्