बुटवल, ३ फागुन ।
महाशिवरात्रीको अवसरमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको परिसरमा रहेको पाच सय वर्ष पुरानो शिव मन्दिरमा विशेष पुजाआजा तथा भजनकृतन कार्यक्रम गरिएको छ । कलात्मक सन्चोबिसन्चो केन्द्रमा आईतबार विशेष कार्यक्रमका बिच आकाशदेवि युवा भजन समुहले भजन प्रस्तुत गरे । समुहले अर्घाखाचीको लोकभजन र पाल्पाको चुट्का भजन प्रस्तुत गरेका थिए ।
यस क्षेत्रकै पुरानो शिव मन्दिरमा भक्तजनहरु दर्शनका लागि आउने गरेको समितिका अध्यक्ष माधव प्रसाद नेपाले बताए । विगतदेखी नै संस्कृतिका रुपमा भजनकृतन कार्यक्रम गर्दै आएको उनले बताए । पूर्वाधार निमार्णसंगै संस्कृति जर्गेनालाई आफुहरुले पहल गरिरहेको उनको दाबी छ ।
अर्घाखाची स्थाई घर भई रुपन्देहीमा बसोबास गर्दै आएका युवाहरुले लोकभजन जर्गेना गर्ने उदेश्यका साथ संस्था स्थापना गरेको संयोजक दिपक पाण्डेले बताए । समुहमा आवद्ध सदस्यहरु खैजडी, मजुराको धुनमा भजन गाउने गर्दछन । समुहमा हाल एक दर्जन युवाहरु आवद्ध छन ।
धार्मिक आस्थाप्रति युवाहरुको आर्कषण बढ्दा यसबाट संस्कार, संस्कृति संरक्षणमा योगदान मिलेको समुहका सदस्य विष्णु अधिकारीले बताउछन । विभिन्न पेशा ब्यवसायसंगै चाडपर्वमा भजनकृतन गर्दा आनन्द प्राप्त हुने उनको दाबी छ । समुहका महेश खनाल पनि अहिले यो समुहमा आवद्ध भएर भजनमा सहभागी हुदै आएका छन ।





















