Spread the love

बुटवल, ३ फागुन । ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय बुटवलमा महाशिवरात्रि महोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

“परमात्मा अवतरण, नशा मुक्ति एवं शक्ति प्राप्तिको यादगार महान पर्व महाशिवरात्रि” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा राजयोग ध्यानमार्फत आत्मशक्ति जागरण र नशामुक्त समाज निर्माणका विषयमा जोड दिइएको थियो।
कार्यक्रममा ब्रह्मकुमारी पूर्णिमाले महाशिवरात्रिको आध्यात्मिक महत्वबारे प्रकाश पार्दै शिवलाई निराकार, शान्ति र शक्तिको स्रोतका रूपमा व्याख्या गरिन्। उनले शिवरात्रि आत्मपरिवर्तन, आत्मशुद्धि र सकारात्मक जीवनशैली अंगीकार गर्ने अवसर भएको बताइन्।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय ले शिवको अलौकिक शक्तिको चर्चा गर्दै शिवको नाममा हुने गलत व्याख्या र गतिविधिप्रति चिन्ता व्यक्त गरे। उनले समुद्र मन्थनका क्रममा विश्व रक्षार्थ विष सेवन गरेको प्रसंगलाई सकारात्मक त्याग र उत्तरदायित्वको प्रतीकका रूपमा बुझ्नुपर्ने धारणा राखे। “शिवबुटी”को नाममा हुने गलत क्रियाकलापले समाजमा नकारात्मक सन्देश गएको उल्लेख गर्दै उनले घर, समुदाय हुँदै विश्वस्तरसम्म नशामुक्त अभियान विस्तार गर्न आवश्यक रहेको बताए ।
नगरप्रमुख पाण्डेयले विद्यालय तथा पाठ्यक्रममै नशामुक्ति सम्बन्धी सचेतना समेटिनुपर्नेमा जोड दिँदै ज्ञान दिने र नैतिक शिक्षा प्रदान गर्ने थलोका रूपमा ब्रह्मकुमारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। दुब्र्यसनी मुक्त समाज निर्माणमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो। समुदायलाई दुब्र्यसनी मुक्त बनाउन संस्थाको योगदानबारे उनले चर्चा गरे।
कार्यक्रममा वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल लगायत स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। वक्ताहरूले आत्मचेतना, आध्यात्मिक साधना र सकारात्मक सोचमार्फत समाजलाई नशामुक्त बनाउने अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।
राजयोग ध्यान अभ्यास र नैतिक शिक्षामार्फत व्यक्ति, परिवार र समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले ब्रह्मकुमारी विश्व विद्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसैबिच सचिवालय परिसरमा अतिथिहरुबाट झण्डात्तोलन समेत गरिएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्