Spread the love

बुटवल, १४ फागुन ।
आज महाशिवरात्री पर्व । शिव मन्दिरहरुमा पुजा गर्ने दर्शनार्थीहरुको बिहानैबाट भिड लागेको छ । पाल्पाको प्रशिद्ध सिद्धबाबा धाम मन्दिर, ऐतिहासिक श्री नरेश्वर महादेव बोलबम धाम, सैनामैनाको स्वयंउत्पत्तिमान परोर्हा परमेश्वर धाम, मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको पाच सय वर्ष पुरानो शिव मन्दिर, सिद्धार्थनगरको बसडिलवास्थित शिव मन्दिर लगायतमा भिड र भजन चलिरहेको छ ।

यता सिद्धबाबा धाम मन्दिरमा तिथी तथा शुभ साइतको अवसर पारेर स्थानीय तथा बाहिरी जिल्लाबाट भक्तजनहरू दर्शनका लागि पुगेका हुन् । बिहान ४ बजेदेखि नै मन्दिर परिसरमा लाइन लागेको थियो। भक्तजनहरूले पूजाआजा, अभिषेक तथा दीप प्रज्वलन गरेका छन् । मन्दिरले भक्तजनहरुलाई सहज मन्दिर दर्शनका लागि विशेष ब्यवस्थापन गरेको छ ।

नवनिर्मित सुरुङ्गमार्गमा लाईन ब्यवस्थापन गरेको छ । करीब ५ सय मिटर सुरुङ्गमार्गमा दर्शनार्थीहरुको लाईन लागेको समितिका सदस्य तोया लम्सालले बताए । ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्