Spread the love

बुटवल, २९ माघ । पाल्पाको तिनाउ गाउँपालिका–२ मा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
नेकपा एमाले तिनाउ, पाल्पाले आसन्न निर्वाचनलाई लक्षित गर्दै वडा नं. २ का जमुने, झ्याङ्ला, बगाह, खुल्खुले, हरियाली गाउँ र भूताहलगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरेको हो। अभियानका क्रममा उम्मेद्वार, नेता तथा कार्यकर्ताहरू झण्डा र प्रचार सामग्रीसहित स्थानीयवासीका घरदैलो तथा खेतबारीसम्म पुगेका थिए ।
घरदैलोका क्रममा स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षा सुन्ने तथा पार्टीले विगतमा गरेका विकास निर्माणका कार्यबारे जानकारी गराइएको थिए।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं समानुपातिक उम्मेद्वार ओमबहादुर घर्तिमगर, प्रदेश कमिटी सदस्य तथा तिनाउ इन्चार्ज दलबहादुर गुरुङ, वडा कमिटी अध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष अमर खड्का, लक्ष्मण जीसी, चूडामणि लम्साल लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको वडा कमिटी अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्