Spread the love

बुटवल, २९ माघ ।

बुटवलस्थित दीप बोर्डिङ स्कुलले आफ्नो ४५औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित मनाउने भएको छ । विद्यालयले बिहीबार पत्रकार सम्मेलन मार्फत पहिलो चरणअन्तर्गत खेलकुद गतिविधि पुस २८ देखि माघ ४ गतेसम्म सम्पन्न गरिसकेको जनाएको छ । विद्यालयको पहिचान बनाएको गायन प्रतिभा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
शुक्रबारदेखि जिल्ला स्तरीय १३औँ ‘दीप गायनतारा’ प्रतियोगिताको अडिसन सुरु हुनेसंयोजक कृष्ण भुषालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट १५ जना दोस्रो चरणका लागि छनोट हुनेछन्। विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने उद्देश्यले कक्षागत बालप्रतिभा प्रदर्शन कार्यक्रम हाल सञ्चालनमा रहेको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा जिल्लाका ४२ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन्। त्यसैगरी तृतीय स्थान हासिल गर्नेले २० हजार रुपैयाँ र दुई जना सान्त्वना पुरस्कार विजेताले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने प्राचार्य टिकाराम न्यौपानेले बताए । अहिलेसम्म अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अलि, जुना गुरुङ्ग, नबिन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, बिबेक पंगेनी, रिदिमा सिजाली र विशेष भुर्तेल गरि १२ जना विदार्थी दीप गायन तारा बन्न सफल भएका छन ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मानसमेत गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले बताए। वार्षिकोत्सवलाई उपलब्धिहरु सुनाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने रुपमा मनाउने उनले बताए । कार्यक्रममा उपप्राचार्य कलाधार आचार्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्