Spread the love

बुटवल, २८ माघ ।
युवालाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यसहित बुटवल ग्राडियन ०७९ को नयाँ नेतृत्वको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । भर्खरै सम्पन्न अधिवेशनबाट प्रविण मल्ल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपछि पदस्थापना कार्यक्रम आयोजना गरिएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मोहन पाण्डे, सचिवमा कृश थापा, सहसचिवमा शिशिर ठकुरी र कोषाध्यक्षमा अंकित श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सह संस्थापक विजय भुषाल रहेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै आस्था नेपाली, संस्थाका संस्थापक रुबिन गुरुङ र निर्मल पाण्डेले युवाहरूलाई समयसापेक्ष सीप र प्रविधिसँग जोडिन आवश्यक रहेकोमा जोड दिए । उनीहरूले युवाको सक्रिय सहभागिताले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।

वक्ताहरूले बुटवल ग्राजियनले सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र नवप्रवर्तनका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा समेत व्यक्त गरे । कार्यक्रममार्फत नयाँ नेतृत्वले संगठनलाई अझ सक्रिय र उद्देश्यकेन्द्रित बनाउने प्रतिबद्धता जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्