बुटवल,२८ माघ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले सफलता, सोच रूपान्तरण र लक्ष्य प्राप्तिसम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको पहिलो दिन अन्तर्राष्ट्रिय प्रशिक्षक तथा उत्प्रेरक ऋषि न्यौपानेले ‘उच्चतम सफलताका लागि मस्तिष्कको अधिकतम उपयोग’ विषयमा सहजीकरण गरे। उनले सोचाइको रूपान्तरण, मन र जीवनको पुनर्संरचना तथा लक्ष्य प्राप्तिका विभिन्न आयामहरूबारे प्रयोगात्मक अभ्यासमार्फत प्रशिक्षण दिएका थिए ।

दोस्रो दिन आध्यात्मिक गुरु तथा जीवनदर्शन, वेद र विज्ञानका ज्ञाता डा. चितामणि योगी गुरुले लक्ष्य र सपनालाई यथार्थमा परिणत गर्ने उपायहरू प्रस्तुत गरे। उनले मन–मस्तिष्कको सक्रियता, चेतनाको विकास, आध्यात्मिक चिन्तन र व्यवहार परिवर्तनका पक्षहरूबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिएका थिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, नेपाल सरकारका शाखा अधिकृतहरू सागर पोखरेल, नवीन खड्का र शंकर अधिकारीलगायतको उपस्थिति रहेको थियो।
बुटवल शाखाले विगत एक वर्षदेखि नायब सुब्बा (नासु), खरिदार, शाखा अधिकृत, शिक्षक सेवा, बैंकिङ तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू सञ्चालन गर्दै आएको चैतन्य एकेडेमीका व्यवस्थापक दीपक ढकालले बताए





















